दुर्व्यवहारको आरोप लागेपछि सर्वनाम शिक्षालयका होस्टल वार्डेन फरार, प्रिन्सिपल प्रहरी नियन्त्रणमा
सांकेतिक तस्वीर
काठमाडौं । जोरपाटीस्थित सर्वनाम शिक्षालयले सञ्चालन गरेको होस्टल वार्डेनले छात्राहरुलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । शिक्षालयका छात्राहरुले होस्टल वार्डेन रामजी बस्नेतले यौन दुर्व्यवहार गरेको आरोप लगाएका हुन् । बस्नेतलाई सो आरोप लागेपछि प्रहरीले सर्वनाम शिक्षालयका प्रिन्सिपल शिवाकोटी र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ ।
छात्राहरुले यौन दुर्व्यवहारको घटनाबारे अभिभावकलाई जानकारी गराएपछि शनिबार अभिभावकहरु होस्टल पुगेका भएपनि वार्डेन बस्नेतलाई फेला पार्न सकेनन् । अभिभावकहरुले होस्टलमा परिसरमा नाराबाजी गरेका थिए । त्यसपछि लगत्तै पुगेको प्रहरीले स्कूलका प्रिन्सिपल शिवाकोटीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले आरोपित होस्टल वार्डेन फरार रहेको तर प्रिन्सिपल शिवाकोटी र उनकी पत्नीलाई नियन्त्रणमा लिएको बताए । उनीहरुलाई यतिबेला प्रहरी वृत्त बौद्धमा राखेर अनुसन्धान शुरु गरिएको छ । ‘हामीले प्रिन्सिपल दम्पत्तिलाई नियन्त्रणमा लिएका छौ’, डिएसपी न्यौपानेले भने ।







डिसी नेपाल








Facebook Comment