वीरगञ्ज महानगर कार्यपालिकाले पायो पूर्णता
पर्सा। वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन्। ३२ वडा रहेको यस महानगरको कार्यपालिका सदस्यको निर्वाचनबाट ती दुई पार्टीका चार–चार सदस्य निर्वाचित भएका हुन्।
दलित वा अल्पसङ्ख्यक सदस्यमा गठबन्धनबाट कांग्रेसका कन्हैया प्रसाद, जसपाका खैरुद्धिन मियाँ धोबी र निरञ्जन प्रसाद सोनार निर्वाचित भए। यसैगरी पाँच महिला सदस्यमा पनि सत्ता गठबन्धनमध्येबाट कांग्रेसका कनिका कौशिक, नितुकुमारी राम र राधादेवी कार्की तथा जसपाबाट कलावतीदेवी राजपुतिन र रबुलसन खातुन चुनिए।
कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा १६२ मतदातामध्ये १५९ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment