राति काँक्रो किन खानु हुँदैन ? यस्तो छ कारण
काठमाडौं । गर्मी मौसममा मानिसहरु शरीरलाई शीतलता दिने खानेकुराहरु खान रुचाउँछन् । यस्तो अवस्थामा कागती वा काँक्रो सबैभन्दा मनपर्ने फल हो । काँक्रोमा भिटामिन सी, पोटासियम, फोलिक एसिड प्रसस्त मात्रामा पाइन्छ। यसबाहेक यसबाट कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, फलाम, सल्फर आदि पनि प्राप्त गर्न सकिन्छ। काँक्रोमा पानीको मात्रा झण्डै ९४ देखि ९६ प्रतिशतसम्म हुने गर्दछ ।
काँक्रोले शरिरलाई हाइड्रेटेड मात्र राख्दैन धेरै रोगहरूको जोखिम कम गर्न पनि मद्दत गर्दछ। तर स्वास्थ्य लाभको साथ–साथै काँक्रो खानुका धेरै साइड इफेक्टहरू पनि छन्। आउनुहोस् काँक्रोको साइड इफेक्ट थाहा पाउनुहोस्।
राति काँक्रो किन खानु हुँदैन:
रातको समयमा काँक्रो खानु राम्रो मानिदैंन । किनभने काँक्रा पच्न समय लाग्छ । राती काँक्रा खाँदा तपाईंको निन्द्रामा समेत असर गर्दछ । यसको अलावा यदी तपाईं बढी मात्रामा काँक्रा खानुहुन्छ भने यसमा भएको पानीको कारण राती सुत्नमा कठिनाई हुन्छ, वाथरुम गइरहनुपर्छ । यसले पनि निन्द्रा बिग्रन सक्छ ।
यस्ता व्यक्तिले काँका खानु हुँदैन:
यदि तपाईलाई पहिले देखि नै पेट सम्बन्धी गम्भीर रोग छ भने तपाईले खाजाको समयमा काँक्रो नखानुहोस् । काँक्रामा ककरबीटासिन नामको एक शक्तिशाली मिश्रण पाईन्छ जसले पाचन प्रक्रियामा समस्या ल्याउन सक्छ ।
तपाई के काँक्रा खाँदै नखानु त भन्ने सोच्दै हुनुहुन्छ होला । त्यसो होइन काँक्रो खानुहोस् तर तपाईंले सही समयमा र सही मात्रामा खानु पर्ने हुन्छ । दिनमा थोरै मात्रामा काँक्रो खाँदा शरीरलाई कुनै हानी हुँदैन । तपाईंलाई हाइड्रेटेड राख्नेछ। हड्डी स्वास्थ्य प्रवर्द्धन र वजन घटाउन मद्दत गर्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment