देशका १४ जिल्लाको नदीनालामा बहाव बढ्न सक्ने सम्भावना

डिसी नेपाल
२३ जेठ २०७९ ८:३८
132
Shares

काठमाडौं। देशका १२ जिल्लाका साना नदीनालाहरूमा आज बहाव बढ्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूवर्नानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर तथा बाग्मती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लम्जुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदीनालाहरूमा बहाव बढ्ने सम्भावना छ।

देशका प्रमुख तथा मझौला नदीहरूमा भने बहान सामान्य हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *