बिमस्टेकका चुनौती सम्बोधन गर्न सदस्य राष्ट्रबीच एकता आवश्यकः प्रधानमन्त्री देउवा

डिसी नेपाल
२३ जेठ २०७९ १२:३६
40
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगागलको खाडीको प्रयास (बिमस्टेक)मा आर्थिक साझेदारी प्रवद्र्धन गर्न र चुनौतीहरुलाई सम्बोधन गर्न सदस्य राष्ट्रहरुबीच एकता, ऐक्यावद्धता र सहकार्यमा जोड दिएका छन्।

बिमस्टेकको २५औं वार्षिकोत्सवको अवसरमा एक सन्देश जारी गर्दैै प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन्। बिमस्टेक सदस्य राष्ट्रका जनता र सरकारलाई शुभकामना दिंदै उनले शान्ति, विकास र समृद्धिको क्षेत्रीय आकांक्षालाई पुरा गर्न संगठनलाई सक्षम बनाउनु पर्ने समेत बताएका छन्।

यस्तै, बिमस्टेकको २५औं बार्षिकोत्सवको अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले छुट्टै सन्देश जारी गर्दै बिमस्टेक पुनर्जीवित गर्न राजनीतिक इच्छाशक्त्तिको आवश्यकता रहेको बताएका छन् ।

उनले शान्ति र समृद्धिको साझा लक्ष्य हासिल गर्न बिमस्टेक सम्झौताको समयमै र प्रभावकारी कार्यान्वयन सुनिश्चित गनुपर्नेमा जोड दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *