फर्पिङको जङ्गलमा युवायुवती मृतावस्थामा फेला
सांकेतीक तस्वीर
काठमाडौं। काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जङ्गलमा दुई जना मृतावस्थामा फेला परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेश मैनालीले एकजोडी युवायुवती मृतावस्थामा फेला परेको जानकारी दिए ।
उनले मृतावस्थामा भेटिएका व्यक्ति अन्दाजी २२/२३ वर्षको भएको बताए।मृतावस्थामा भेटिएका ती व्यक्तिको सनाखत हुन नसकेको र मृत्युका कारण पनि नखुलेको प्रवक्ता मैनालीले बताए। घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment