यो सरकारले एमालेले ल्याएका १४ सय आयोजना हटायोः नेम्वाङ
काठमाडौं। एमाले सांसद वसन्तकुमार नेम्वाङले वर्तमान सरकारले अघिल्लो एमाले सरकाले ल्याएका १४ सय आयोजना बजेटबाट हटाएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा भाग लिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकमा खर्च कटौती प्रस्ताव प्रस्तुत गर्दै अहिलेको सरकारले भौतिक पूर्वाधारका योजनाबारे राम्रोसँग बजे छुट्याउन नसकेको आरोप लगाए ।
अहिलेका भौतिक पूर्वाधार मन्त्रीसँग मन्त्रालय चलाउने ढंग नै नपुगेको, आसेपासे योजनालाई हचुवाको भरमा बजेट छुट्याइएको बताए । सोही कारण पनि आफूले एक रुपैयाँ बजेट राख्नुपर्ने प्रस्ताव प्रस्तुत गरेको उनको भनाइ छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment