दहचोकमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

डिसी नेपाल
२५ जेठ २०७९ १२:५०
96
Shares

काठमाडौं। चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय नारायण सुवेदी लगायत छन् । उनीहरुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।

उक्त टहरामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार १० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.