पहिलोदेखि ९ नम्बरसम्म सबै खेलाडीको अर्धशतक, बन्यो विशाल विश्वरेकर्ड

डिसी नेपाल
२५ जेठ २०७९ १६:३०
440
Shares

काठमाडौं । रणजी ट्रफीको क्वाटरफाइनल खेलमा लगातार इतिहास रचिएको छ । यसअघि धमाकेदार इनिङ्स देखिएका थिए र अहिले बंगालको टोलीले यस्तो उपलब्धि हासिल गरेको छ, जुन कहिल्यै हुन सक्दैन । टोलीका पहिलोदेखि नवौं नम्बरसम्मका सबै ब्याट्सम्यानले दुई ब्याट्सम्यानको शतकसहित ५० वा सोभन्दा बढी रन बनाएका छन् ।

बैंगलोरमा खेलिरहेको बंगाल र झारखण्डबीचको क्वाटरफाइनल खेलमा यो इतिहास रचिएको हो । बंगालले यहाँ ७७३ रनको स्कोरमा इनिङ्स घोषणा गर्दा टोलीका कुल ७ खेलाडी आउट भएका छन् । अर्थात् क्रिजमा ९ ब्याट्सम्यान थिए र सबैले ५० वा सोभन्दा बढी रन बनाएका थिए । २ जनाले ब्याटिङ गर्ने पालो नै आएन ।

बंगालका लागि सुदीप कुमार घरमीले सर्वाधिक १८६ रनको इनिङ खेले भने ए. मजुमदारले ११७ रनको पारी खेले । यी दुई शतक बाहेक बाँकी सात ब्याट्सम्यानले अर्धशतक बनाए । पचास रन बनाउने खेलाडीमा पश्चिम बंगाल सरकारका खेलकुद मन्त्री मनोज तिवारी पनि परेका छन्, जसले ७३ रनको इनिङ खेलेका छन् ।

बंगाल टिमको स्कोरकार्ड –

१. अभिषेक रमन – ६१ रन
२. अभिमन्यु ईश्वरन – ६५ रन
३. सुदिप कुमार घरमी – १८६ रन
४. ए. मजुमदार – ११७ रन
५. मनोज तिवारी – ७३ रन
६. अभिषेक पोरेल – ६८ रन
७. शाहबाज अहमद – ७८ रन
८. सायन मण्डल – ५३* रन
९. आकाश दीप – ५३* रन

बङ्गालको टोली ठूलो स्कोरतर्फ अघि बढिरहेको बेला आकाश दीपले अन्त्यमा तुफान ल्याए । उनले ८ छक्का सहित १८ बलमा ५३ रन बनाए । आकाश दीपले रणजी ट्रफी खेलमा पनि करिब ३०० को स्ट्राइक रेटमा रन बनाएका छन् ।

बंगालका लागि सियोन मण्डलले आफ्नो अर्धशतक पूरा गर्दा, पहिलो पटक घरेलु खेलको पहिलो इनिङ्समा पहिलो ८ ब्याट्सम्यानले ५० वा सोभन्दा बढी रन बनाएका थियो। तर, बङ्गालले अझ अचम्मको काम गर्‍यो, नवौं ब्याट्सम्यान अर्थात् आकाशदीपले पनि अर्धशतक जमाए । यसरी शीर्ष ९ ब्याट्सम्यानले प्रथम श्रेणीको इनिङ्समा ५०+ रन बनाएको पहिलो पटक भएको हो ।

सन् १८९३ मा अस्ट्रेलियाको टोली इंग्ल्याण्ड भ्रमणमा जाँदा अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयविरुद्ध टोलीका ८ ब्याट्सम्यानले ५०+ रन बनाएका थिए । तर त्यतिबेला उनीहरू शीर्ष ८ ब्याट्सम्यान थिएनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *