एचआइडीसीएलको ३ करोड कित्ता संस्थापक सेयर असार ५ गतदेखि लिलामीमा

डिसी नेपाल
२७ जेठ २०७९ १०:०५
52
Shares

काठमाडौं। जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को ३ करोड कित्ता संस्थापक सेयर असार ५ गतदेखि लिलामी गर्ने भएको छ। कम्पनीको उक्त सेयरमा लगानीकर्ताले न्युनतम १०० रुपैयाँलाई आधार मानेर असार १९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ । यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.