फौजदारी कसुर तथा कार्यविधिसम्बन्धी विधेयक संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत
काठमाडौं। फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ लाई छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्तावलाई स्वीकृत गरिएको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकले सो विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको हो।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए । बैठकमा उक्त प्रस्तावलाई सभामुख सापकोटाले निर्णायार्थ प्रस्तुत गरे।
बैठकले सो प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको सभामुखसापकोटाले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment