पुरानो ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आयोः मुख्यमन्त्री शाही

डिसी नेपाल
२८ जेठ २०७९ ७:२२
56
Shares

सुर्खेत। प्रदेश सरकार स्थापना भएदेखिको ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आएको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताएका छन्। नीति तथा कार्यक्रममाथि प्रदेशसभाका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाहीले पुरानो ऋण तिनु आफ्नो दायित्व भएको बताएका हुन्।

जथाभावी योजना बनाइ काम गराएका कारण अहिले ऋण तिर्न हम्मे हम्मे भएको उनले बताए।

अहिले असन्तुलित बजेट आउने भन्दै मुख्यमन्त्री शाहीले भने, ‘हिजोका दिनमा बजेट जथाभावी बाँडिएका कारण अहिले बजेटमा सन्तुलन मिलाउन नसकिने अवस्था छ ।’

नीति तथा कार्यक्रममा भएका कुराहरु नै अबको बजेटको मूल उदेश्य हुने उनले बताए । अब जुनसुकै कार्यक्रमको अनुसन्धान गरेर मात्र कामको थालनी गर्ने योजना रहेको शाहीले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *