भारतसँगको सीमा क्षेत्र लद्दाखमा चीनले लडाकु विमानको संख्या दोब्बर पार्‍यो

डिसी नेपाल
२८ जेठ २०७९ ११:०४
3.9k
Shares

काठमाडौं । हालै एक अमेरिकी सेना अधिकारीले पूर्वी लद्दाख क्षेत्रको वातावरण तातेको बयान दिएका छन् । यो बयानपछि चीनले सीमापार आफ्नो लडाकु विमानको संख्या बढाएको खबर आएको छ । चीनले भारतीय भूभाग नजिक रहेको आफ्नो मुख्य सैन्य आधारमा लडाकु विमानको संख्या दोब्बर गरेको छ।

सीमा विवादका बेला चीनले आफ्नो सैन्य आधार होटानबाट हवाई सैन्य कारबाही गरिरहेको थियो । अहिले यस बेसमा २५ वटा लडाकु विमान तैनाथ भएको समाचार प्राप्त भएको छ । उच्च सरकारी स्रोतहरूले इन्डिया टुडेसँग यो जानकारी साझा गरेका छन्। लडाकु विमानको संख्या पहिलेको तैनाथीको तुलनामा धेरै रहेको बताइएको छ ।

भारतीय रक्षा एजेन्सीहरूले सीमापार गतिविधिहरूमा लगातार नजर राखिरहेका छन्। सेना जुनसुकै परिस्थितिको सामना गर्न तयार छ । चीनले हाल शेकमा नयाँ फाइटर एयरक्राफ्ट बेस निर्माण गरिरहेको छ । जसले गर्दा एलएसी नजिक चिनियाँ वायुसेनाको शक्ति बढाउन सकिन्छ।

द्वन्द्वको स्थितिमा भारतीय वायुसेना थप सक्रिय हुनसक्छ भन्ने चिनियाँहरूले महसुस गरेको हुनुपर्छ, त्यसैले नयाँ एयरबेसहरू निर्माण गरिरहेको भारतीय पक्षको विश्वास छ। चीनले लडाकु विमानहरूको परिचालन बढाउँदैछ ।

स्रोतका अनुसार चीनको पिपुल्स लिबरेशन आर्मी एयर फोर्सले हालै यस्तो एयरबेसलाई स्तरोन्नति गर्ने काम गरेको छ । विमानका लागि आश्रयस्थल बनाइएको छ । धावनमार्गको लम्बाइ बढाइएको छ । ठूलो संख्यामा चिनियाँ सैनिक तैनाथ गरिएको छ ।

भारतीय सेनाले तीनवटा चिनियाँ एयरबेसमा लगातार नजर राखेको छ। यी हुन् काश्गर, होतान र नगरीगुन्सा। यस बाहेक सिग्त्से, ल्हासा गोन्कर, निङ्ची सार र चम्दो पङ्टा एयरबेसहरू अनुगमन गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *