मासु खान हतार गर्दा मोडलको मृत्यु

डिसी नेपाल
२८ जेठ २०७९ १२:४३
332
Shares

काठमाडौं । थाइल्याण्डकी सोसल मिडिया इन्फ्लुएन्सरर तथा मोडल अरिसारा कर्बादेचो कबाब खाँदा निसास्सिएकी थिइन् । त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । २ महिना लाइफ सपोर्टमा रहेपछि अहिले उनको निधन भएको छ ।

२७ वर्षीय सोसल मिडिया स्टारको निधनको खबर परिवार र साथीभाइले पुष्टी गरेका छन् । अरिसाराका साथी सिरिकण्डा चाइबुरुतले फेसबुकमा भनेकी छन्– अरिसारालाई चिन्ने सबै दुःखी छन् । उनी जवान र सुन्दर थिइन्।

अरिसारालाई एलिस भनेर पनि चिनिन्थ्यो। उनलाई इन्स्टाग्राममा १५ लाखभन्दा बढीले फलो गरेका छन् । उनले आफ्ना तस्बिरहरू पोस्ट गरेर अनलाइन लोकप्रियता कमाएकी हुन् ।

आरिसराकी आमा ५७ वर्षीया सुपिचाले आफू निकै व्यस्त रहेको बताइन् । उनी कुनै काममा जाँदै थिइन् । परम्परागत थाई खाना खाइरहेकी उनले हतारमा पोर्क कबाब र भात खाइरहेकी थिइन् । त्यही क्रममा उनको घाँटीमा मासुको टुक्रा अड्कियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।

अरिसराको अवस्था देखेर चिकित्सकले अस्पताल पुग्न ९ मिनेट ढिलो भएको र उनको मस्तिष्कमा अक्सिजन आपूर्ति लामो समयसम्म बन्द भएको बताए ।

अरिसराले घटनाको केही दिन अघि मार्चमा आफ्नो अन्तिम इन्स्टाग्राम पोस्ट गरेकी थिइन्। उनको उक्त पोस्टमा हजारौं फ्यानले कमेन्ट गरेका छन् । त्यहाँ मानिसहरूले यी मोडललाई श्रद्धांजलि अर्पण गरेको पनि देखिन्छ।

अरिसराकी आमाले भनिन्– म सबै किशोरकिशोरीलाई आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्न आग्रह गर्न चाहन्छु । समयमै खाना खानुहोस् र आराममा पूर्ण ध्यान दिनुहोस्।

अरिसराकी आमाले थप भनिन्– ‘म साथ भएको भए यस्तो दुखद घटना हुने थिएन । र म यो प्रकारको कुरा अरू कसैलाई वा कुनै पनि परिवारमा भएको चाहन्न।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *