नेपालले अमेरिकाको मुखैबाट यसरी जित खोस्यो, २३ तस्वीरहरूसहित
काठमाडौं । अन्तिम ओभरमा नाटकीय खेल खेल्दै अमेरिकालाई नेपालले बराबरीमा रोकेको छ । २७५ रनको लक्ष्य पच्छ्याएको अमेरिकालाई अन्तिम २ बलमा मात्र १ रन चाहिएको थियो । तर नेपालले दुवै बलमा एक रन पनि नदिइ दुवै बलमा विकेट लिएपछि अमेरिका बराबरीमा रोकिएको छ ।
विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन मात्र बनायो । यससँगै दुबै टोलीले खेलमा बाँडेका छन् । अमेरिकालाई अन्तिम दुई बलमा एक रन चाहिएका बेला नेपाली बलर आदिल अन्सारीले पाँचौं बलमा आरोन जोन्सलाई रोहित पौडेलको हातबाट क्याच गराए । अन्तिम बलमा राहुल जरिवाला रन आउट भए र खेल टाइ भयो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २ सय ७४ रन जोडेको थियो । नेपालका लागि उपकप्तान रोहित पौडेलले ६२ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै आसिफ शेखले ६१ रनको अर्धशतकीय इनिङ खेल्दा देव खनालले अर्धशतकीय इनिङ खेल्दै ५४ रन बनाए । आदीलले ३६ रन जोड्दा कुशल भुर्तेल १९ रन आउट भए । कप्तान सन्दीपले १० रन बनाए । अमेरिकाका रस्टी थेरनले ४ विकेट लिए । अलि खान र सौरभ नेत्रभाल्करले २÷२ विकेट लिए ।
अमेरिकाका लागि स्टेभेन टेलरले १ सय १४ रनको शतकीय इनिङ खेले । यस्तै कप्तान मोनान्क पटेलले ८५ रनको अर्धशतकीय इनिङ खेल्दा आरोन जोन्सले २६ रन जोडे । सुशान्त मोदानी १७ तथा राहुल जरिवाला १० रनमा आउट भए । नेपालका आदील आलमले ३ विकेट लिए । सोमपाल कामी तथा सन्दिप लामिछानेले १–१ विकेट लिए । अब नेपालले तेस्रो खेलमा ओमानविरुद्ध मंगलबार र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध बुधबार खेल्ने तालिका छ ।





























डिसी नेपाल







Facebook Comment