अदालती सुनुवाईमा सयौँ साङ्ला छोडिएपछि…
न्युयोर्क। अमेरिकाको न्युयोर्क राज्यमा एउटा अदालती सुनुवाईका क्रममा अकस्मात सयौँ साङ्ला छोडिएका छन्। बहसका क्रममा छोडिएका साङ्ला धपाउन किटनाशक औषधिको प्रयोगपछि अदालतको सुनुवाई समेत स्थगित भएको थियो। प्राप्त विवरणहरू अनुसार ल्बानी सिटी कोर्टमा सुनुवाईको क्रममा विवादपछि साङ्ला छोडिएको थियो।
अदालतको कार्यवाहीको भिडियो खिच्न खोज्ने व्यक्तिलाई रोक्न थालेपछि विवाद बढेको थियो। अदालतका अनुसार विवादपछि प्लास्टिक कन्टेनरहरूमा अदालतमा ल्याइएका सयौं साङ्लाहरू छोडिएका थिए।
साङ्ला फालिएको विषयमा अनुसन्धान भइरहेको छ। साङ्ला धपाउन किटनाशक औषधि छर्किएकाले अदालत बन्द गरिएको थियो। अदालतका अधिकारीहरूले खराब आँचरण, सरकारी प्रशासनमा बाधा पुर्याएको र भौतिक प्रमाणमा अवरोध गरेको आरोपमा एक ३४ वर्षीया महिलालाई पक्राउ गरेका थिए। तर, पक्राउको केही समयपछि उनी रिहा भएकी थिइन्।
सुनुवाइको समयमा अदालतममा भएको हर्कत त्यहाँको कारवाहीमा बाधा र क्षति पुर्याउने उद्देश्यले गरिएको आपराधिक व्यवहार भएको अदालत प्रशासनको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।







डिसी नेपाल







Facebook Comment