बेलायती राजकुमार विलियमको परिवारले पनि लण्डन छोड्ने, बेलायती जनता आक्रोशित

डिसी नेपाल
२९ जेठ २०७९ १४:३६
29.0k
Shares

काठमाडौं । बेलायतको शाही परिवारका सदस्य तथा क्याम्ब्रिजका शासक राजकुमार विलियम र उनकी पत्नी केट मिडलटनको एउटा निर्णयले बेलायतमा ठूलो विवाद सिर्जना गरेको छ । दुवैले अब आफ्ना छोराछोरीसँग लण्डनको घरमा नबस्ने निर्णय गरेका छन् ।

यो शाही जोडी बर्कशायरको दरबारमा बस्न लागेको खबर छ । उनीहरूको यो निर्णयबाट बेलायतका जनता निकै आक्रोशित भएका छन् र जनताको करको पैसा यसरी बर्बाद भइरहेको भन्दै आक्रोश पोखेका छन् ।

बेलायती सञ्चारमाध्यममा यी दुईले राजपरिवार छाड्ने विषयमा चर्को बहस भइरहेको छ । डेली मेलको रिपोर्ट अनुसार, प्रिन्स विलियम र केट मिडलटनले आफ्नो मुख्य निवास केन्सिङ्टन प्यालेस छोडेर अब क्वीन्स विन्डसर एस्टेटमा रहेको दरबारमा बस्नेछन्। दुवै सन् २०१७ देखि केन्सिङ्टन प्यालेसमा बस्दै आएका थिए ।

दुबैले लण्डन छाड्न लागेको खबरको बेलायतमा निकै चर्चा भइरहेको छ र जनताको करको पैसाले बनेको दरबार यति छिट्टै छोडेर नयाँ दरबारमा बस्न लागेको भन्दै मानिसहरु निकै आक्रोशित छन् ।

यी रिपोर्टहरूमा बोल्दै बेलायती पत्रकार रोबर्ट जोब्सनले भने, ‘मलाई व्यक्तिगत रूपमा राजकुमारका एक वरिष्ठ सहयोगीले केन्सिङ्टन दरबार र क्याम्ब्रिजको दरबारका लागि जनताको पैसा खर्च भएको बताएका थिए । किनकि जब विलियम सिंहासनको उत्तराधिकारी बन्नेछन् त्यतिबेला त्यो उनको दरबार हुनेछ । त्यसोभए अब उनले यो दरबार छोडेर जाँदा उनको उत्तराधिकारी बन्ने निर्णय पनि परिवर्तन हुने हो ?’

यसैबीच, केही रिपोर्टहरूमा शाही दम्पतीले बर्कशायरको नयाँ दरबारमा सरे पनि केन्सिङ्टन प्यालेसलाई कायम राख्नेछन्। लण्डनमा रहेको उनको घरको अधिकार उनीसँग रहनेछ । राजकुमार विलियमभन्दा अगाडि उनका भाइ राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केलले शाही हैसियत समेत त्यागेर देश नै छोडेका थिए । उनीहरू अहिले अमेरिकामा बस्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *