भारतमा साम्प्रदायिक दंगा चर्कीरहेका बेला हैदराबादमा मस्जिदमा विष्फोट
काठमाडौं । भारतको तेलंगाना राज्यको राजधानी हैदराबादको अफजलगञ्ज थाना क्षेत्रको गौलीगुडा गोल मस्जिदमा रासायनिक विष्फोट भएको छ । यस विष्फोटमा दुई जना गम्भीर घाइते भएका छन् । विष्फोटको सूचना पाएलगत्तै क्लुज टोली र प्रहरी टोली घटनास्थलमा पुगेको छ ।
अफजलगञ्ज थानाको गौलीगुडा गोल मस्जिदमा केमिकल विष्फोट भएको छ । जसमा दुई जना गम्भीर घाइते भएका छन् । प्रहरी घटनास्थलमा पुगेर क्लुज टिमले डस्टबिनमा केमिकल फेला पारेको थियो । अहिले प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको र थप विवरण संकलनमा जुटेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment