हालान्डको दुई गोलमा नर्वेको रोमान्चक जित
काठमाडौं। यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा नर्वेले स्विडेनलाई ३-२ अन्तरले पराजित गरेको छ।
रोमान्चक बनेको खेलमा नर्वेलाई जिताउन युवा स्टार खेलाडी अर्लिङ हालान्डले दुई गोल गरे । यस्तै, एलेक्सजेण्डर सोर्लोथले एक गोल गरे। स्विडेनका लागि इमिल फोर्सवर्ग र भिक्टोरले सान्त्वना गोल गरे ।
जितसँगै नर्वेले ४ खेलबाट १० अंक जोड्दै समूह बी४ मा शीर्षस्थानमा छ । स्विडेन ३ अंक जोडेर तेस्रो स्थानमा छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment