चेक रिपब्लिकविरुद्ध स्पेनको सहज जित

डिसी नेपाल
३० जेठ २०७९ ७:२६
48
Shares

काठमाडौं। यूइएफए नेसन्स लिग अन्तर्गत आइतबार राति भएको खेलमा स्पेनले चेक रिपब्लिकविरुद्ध २–० को सहज जित निकालेको छ। समूह ए२ को खेलमा अधिकांश समय बलमा पकड बनाएको स्पेन जितसँगै शीर्षस्थानमा उक्लिएको हो।

स्पेनको जितमा कार्लाेस सोलर र पाब्लो सरवियाले एक-एक गोल गरे। कार्लाेसले २४औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए। ७५औं मिनेटमा सरवियाले गोल गर्दा स्पेनले सहज जित पायो । जितसँगै समूहमा चार खेलसँगै ८ अंक बनाएको स्पेन शीर्षस्थानमा छ।

लगातार खराव प्रदर्शनबाट गुज्रिएको चेक रिपब्लिकले चार खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *