सोमबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार ९ सय रुपैयाँ कायम गरेको छ।
आइतबार प्रति तोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर प्रति तोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९८ हजार ४ सय रुपैयाँ निर्धारण गरिएकाे छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ६५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको हो। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment