रुविनाको कप्तानीमा राष्ट्रिय क्रिकेट टिम घोषणा

डिसी नेपाल
३० जेठ २०७९ १९:३६
68
Shares

काठमाडौं । एसिसी महिला टी २० च्याम्पियनसिपको लागि रुविना क्षेत्रीको कप्तानीमा नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको लागि सोमबार रुविना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् ।

यसअघि प्रतियोगिताको लागि क्यानले प्रारम्भिक टिममा १९ खेलाडी बोलाएको थियो ।

जुन १७ देखि सुरु हुने च्याम्पियनसिपमा नेपाल, हङकङ, कुवेत, बहराइन र भुटानसँगै समूह ‘बी’ मा छ ।

नेपालले प्रतियोगिताअन्तर्गत जुन १७ मै भुटानविरुद्ध पहिलो खेल खेल्ने तालिका छ । यस्तै, नेपालले जुन १८ मा कुवेत, जुन २० मा बहराइन र जुन २१ मा हङकङविरुद्ध खेल्ने छ ।

नेपाली टिम:
रुविना क्षेत्री (कप्तान), इन्दु वर्मा, सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, अस्मिना कर्माचार्य, कविता जोशी, ममता चौधरी, मनीषा उपाध्याय, डोली भट्ट, विन्दु रावल, सङ्गीता राई, अप्सरी बेगम, काजोल श्रेष्ठ, सबनम राई

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *