सशस्त्र प्रहरीका ९ जना एसपी एसएसपीमा बढुवा सिफारिस

डिसी नेपाल
३० जेठ २०७९ २१:४२
388
Shares

काठमाडौं । सशस्त्र प्रहरीका ९ जना उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ । एसपी भएको चार वर्षपछि उनीहरु एसएसपीमा बढुवा सिफारिस भएका हुन् ।

बढुवा समितिले दीपेन्द्र शाह, सुरेश कुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनी कुमार पोख्रेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, बिनोदराज श्रेष्ठ र प्रकाश थापालाई बढुवा गर्न सिफारिस गरेको हो । साथै समितिले बढुवा सिफारिस उपर चित्त नबुझ्ने कोही योग्य उम्मेदवारहरु भए सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।

यसअघि उनीहरु कामु एसएसपी थिए । अहिले सशस्त्र प्रहरीमा १३ जना कामु एसएसपी रहेका छन् । उनीहरुको बढुवा अवधि नपुगेका कारण कामु रहेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.