मदन भण्डारी इस्पोर्ट एकेडमी इन्डियाले राजदूत शर्मासँग गर्‍यो भेटवार्ता

डिसी नेपाल
३१ जेठ २०७९ ९:२३
84
Shares

नयाँ दिल्ली। मदन भण्डारी फाउंडेशन अन्तर्गत सञ्चालित “मदन भण्डारी इस्पोर्ट एकेडमी इन्डिया”को प्रतिनिधि मण्डलले इन्डो-नेपाल मैत्रीपूर्ण खेलको पुर्वतयारी स्वरुप सोमबार भारतका लागि नेपाली राजदुत शंकर प्रसाद शर्मा र राजदुतावासका शिक्षा तथा कल्चरल बिभाग प्रमुख यदुनाथ पौड्यालसँग भेटवार्ता गरेका छन्।

एकेडमीका संस्थापक र प्रवास इन्चार्ज गोपाल थापा, उपाध्यक्ष पदम गाहा, महासचिव सुबास बनेत, सल्लाहकारहरु कमल पण्डित, छबिलाल गोतामे, सदस्यहरु गंगा गुरुङ, संजोक भुजेलको प्रतिनिधि मण्डलले प्रवासी नेपाली संघ भारतका केन्द्रिय अध्यक्ष लोकनाथ भण्डारीको विशेष उपस्थीतीमा भेटवार्ता गरेका हुन्।

भेटवार्तामा एकेडमी क्रियाकलापहरु प्रति राजदुतले धन्यवादसहित प्रशंसा समेत गरेका थिए। साथै राजदुतावासका शिक्षा तथा कल्चरल बिभाग प्रमुख पौड्यालले आफुहरु सदैव एकेडमीको सहयोगमा लाग्ने बताए।

आइतबार कफी हाउस नयाँ दिल्लीमा उपाध्यक्ष पदम गाहाको अध्यक्षतामा सम्पन्न एकेडमीको कार्यसमिति बैठकले गरेका निर्णय लिएर प्रतिनिधि मण्डल राजदुतावासमा पुगेका हुन्। छिटो भन्दा छिटो इन्डो – नेपाल मैत्रीपूर्ण खेल आयोजना गर्ने, एकेडमीको खेल क्षेत्र दिल्ली रहेकोले दिल्ली सरकार र केन्द्रिय सरकारसँग समन्वय र सहकार्य गरेर एकेडमीको ट्रेनिङ्गको लागि जग्गा माग गर्ने जस्ता निर्णय समितिले गरेको अध्यक्ष कुल बहादुर सिंजालीले बताए।

मदन भण्डारी फाउंडेशन अन्तर्गत सञ्चालित मदन भण्डारी इस्पोर्ट एकेडमी नेपालले छिमेकि राष्ट्र भारतमा वैधानिकता पाएसंगै विभिन्न क्षेत्रमा खेल आयोजना गर्दै आएको छ। खेल प्रति अभिरूची भएका तर खेल्ने वातावरणबाट बंन्चित प्रवासी खेलप्रेमीहरूलाई खेल प्रति प्रोत्साहन गर्ने, नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने, इन्डो नेपाल मैत्रीपूर्ण खेल आयोजना गर्ने, खेल र खेलाडीको लागि उच्च सम्मान भन्ने मूल नाराकासाथ २३ मई, २०१७ मा मित्र राष्ट्र भारतमा “मदन भण्डारी इस्पोर्ट एकेडमी इन्डिया”को स्थापना गरिएको हो ।

खेल र खेलाडीहरुको लागि उच्च सम्मान गर्दै आफ्नो खेल सञ्चालनले छोटो समयमा धेरै उपलब्धिहरु हासिल गरिरहेको र देशमा मात्र नभएर मित्र राष्ट्रहरुसँग पनि इन्डो नेपाल मैत्रीपूर्ण खेलहरु सञ्चालन हुनु पर्छ भन्ने मान्यताका साथ मदन भण्डारी इस्पोर्ट एकेडमी इंडिया भारतमा अधिकारिक खेल संस्थाको रुपमा स्थापना गरिएको हो।

एकेडमीले स्थापनाकाल देखि नै इन्डो – नेपाल मैत्रीपूर्ण खेल र भारतमा रहेका प्रवासी खेलप्रेमीहरु बीच आन्तरिक खेलहरु समय-समय आयोजना गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *