स्वाभिमान लघुवित्तले १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै

डिसी नेपाल
३१ जेठ २०७९ १२:३२
52
Shares

काठमाडौं। स्वाभिमान लघुवित्त वित्तीय संस्थाले करिब एक लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनी दिने जनाएको छ।

राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार संस्थापक समूहतर्फको सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कायम संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने हुन्छ।

इच्छुक संस्थापक सेयरधनीहरुलाई लघुवित्तले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागज प्रमाणसहित किन्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाइ लिखित निवेदन पेस गर्न अनुरोध गरेको छ।

तोकिएको अवधिमा पर्याप्त आवेदन नपरे इच्छुक गैरसंस्थापक लगानीकर्तालाई सो संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.