निउरो खोज्न जाँदा बेपत्ता भएकी युवती बाघले खाइरहेको अवस्थामा फेला

डिसी नेपाल
२ असार २०७९ १३:२१
4.5k
Shares

काठमाडौं। चितवनको मेघौलीमा निउरो टिप्न जंगल गएकी एक युवतीको शव बाघले खाएको अवस्थामा फेला परेको छ। भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की रेखा बस्नेतलाई बिहान ७ बजे स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बाघले बेपत्ता बनाएको थियो।

उनलाई खोज्ने क्रममा बाघले खाईरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।बाघले छाती र टाउकाे भाग खाइसकेकाे अवस्थामा  फेला परेकाे प्रहरीले जनाएकाे छ।  प्रहरीका अनुसार बाघलाई धपाउनका लागि नेपाली सेनाको टोलीले ५ राउण्ड हवाई फायर समेत गरेको थियो।आज विहान राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बस्नेतसहित केही महिलाहरु निउरो टिप्न गएका थिए। सोही क्रममा उनलाई बाघले आक्रमण गरेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *