निउरो खोज्न जाँदा बेपत्ता भएकी युवती बाघले खाइरहेको अवस्थामा फेला

डिसी नेपाल
२ असार २०७९ १३:२१

काठमाडौं। चितवनको मेघौलीमा निउरो टिप्न जंगल गएकी एक युवतीको शव बाघले खाएको अवस्थामा फेला परेको छ। भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की रेखा बस्नेतलाई बिहान ७ बजे स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बाघले बेपत्ता बनाएको थियो।

उनलाई खोज्ने क्रममा बाघले खाईरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।बाघले छाती र टाउकाे भाग खाइसकेकाे अवस्थामा  फेला परेकाे प्रहरीले जनाएकाे छ।  प्रहरीका अनुसार बाघलाई धपाउनका लागि नेपाली सेनाको टोलीले ५ राउण्ड हवाई फायर समेत गरेको थियो।आज विहान राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बस्नेतसहित केही महिलाहरु निउरो टिप्न गएका थिए। सोही क्रममा उनलाई बाघले आक्रमण गरेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *