‘विद्यालयअघिका साथीसँग खेल्ने बालबालिकामा मानसिक स्वास्थ्य जोखिम न्यून’

डिसी नेपाल
२ असार २०७९ १३:५९
72
Shares

न्युयोर्क। सानै उमेरमा अरूसँग राम्रोसँग खेल्न सिक्ने बालबालिकाको मानसिक स्वास्थ्य अवस्थापछि राम्रो हुने एउटा नयाँ अनुसन्धानले देखाएको छ। अन्य बच्चाहरूसँग सफलतापूर्वक खेल्ने क्षमताले मानसिक स्वास्थ्यमा सुरक्षात्मक प्रभाव पार्ने अध्ययनको निस्कर्ष छ। क्याम्ब्रिज विश्वविद्यालयका अन्वेषकहरूले तीन र सात वर्षको उमेरमा जम्मा गरेका झण्डै १७ सय बालबालिकाको तथ्यांक विश्लेषण गरेका थिए।

तीन वर्षको उमेरमा साथीहरू राम्रो खेल्ने क्षमता भएकाहरूले लगातार चार वर्षपछि खराब मानसिक स्वास्थ्यको न्यून लक्षण देखाएका थिए। तिनीहरूमा न्यून हाइपरएक्टिभिटी देखिएको, आचरण र भावनात्मक समस्यबारे आमाबाबु र शिक्षकहरूले थोरै गुनासो गरेको र तिनीहरू अन्य बच्चाहरूसँग थोरै झगडा वा न्यून असहमति राख्ने गरेको अध्ययनमा उल्लेख छ।

अनुसन्धानकर्ताहरूले विशेषगरी मानसिक स्वास्थ्य समस्याको जोखिममा रहेका बच्चाहरूको उपसमूहहरूमा केन्द्रित गर्दा पनि उक्त ‘कनेक्सन’ले काम गरेको थियो।  मानसिक स्वास्थ्यको लागि अन्य जोखिम कारक तत्वहरू–जस्तै गरिबीको स्तर, गर्भावस्थाको समयमा वा त्सपछि आमामा गम्भीर मनोवैज्ञानिक संकटको अनुभव इत्यादिले पनि बालबालिकाको मानसिक स्वास्थ्यमा असर गरेको हुन्छ।

मानसिक स्वास्थ्य समस्याहरूको जोखिममा पर्न सक्ने साना बालबालिकाहरूलाई साथीहरूसँग खेल्ने अवसर दिनुपर्ने अध्ययनको निस्कर्ष छ। शोधको नतिजा ‘बाल मनोचिकित्सा र मानव विकास’ जर्नलमा प्रकाशित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *