बोरिस जोन्सन अचानक युक्रेन पुगे, युक्रेनी सेनालाई तालिम दिने घोषणा

डिसी नेपाल
४ असार २०७९ १०:१६
76
Shares

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी सेनाका लागि प्रशिक्षण कार्यक्रम घोषणा गरेका छन् । उनले यो कदमले रुस र युक्रेनबीचको युद्धको समीकरण बदल्न सक्ने दाबी गरेका छन् ।

यसअघि शुक्रबार, बोरिस जोनसन अचानक किभ पुगेका थिए र त्यहाँ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटेका थिए। यो वर्ष फेब्रुअरीमा रुसले युक्रेनमा गरेको आक्रमणपछि जोन्सनको यो दोस्रो युक्रेन भ्रमण हो।

बेलायतका रक्षामन्त्री बेन वालेसले प्रधानमन्त्री जोन्सनको भ्रमण ‘अत्यन्तै महत्वपूर्ण’ भएको बताएका छन् ।

किभको भ्रमण गर्नुअघि प्रधानमन्त्री जोनसनले उत्तरी इङ्गल्याण्डका आफ्ना केही सांसदहरूलाई डोनकास्टरमा सम्बोधन गर्ने कार्यक्रम थियो। तर अन्तिम समयमा त्यो कार्यक्रम रद्द भयो।

अर्कोतर्फ, सांसदहरूको समूहका अध्यक्ष जेक बेरीले जोनसनको अचानक युक्रेन भ्रमणलाई लिएर प्रधानमन्त्रीको योजना निश्चित रूपमा परिवर्तन हुन सक्ने बताएका छन्।

धेरै घरेलु मुद्दामा सांसदहरुले प्रधानमन्त्रीलाई दबाब दिएको बताइएको छ । तर, अन्तिम समयमा यो कार्यक्रम रद्द भएपछि धेरै सांसदहरु निराश भएका छन् ।

बोरिस जोनसनको पार्टीमा युक्रेन युद्धमा बेलायतको अडानप्रति सकारात्मक प्रतिक्रिया आएको छ। उनले यो संकटलाई राम्ररी सम्हालेको उनको पार्टीको विश्वास छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *