सल्यानमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

डिसी नेपाल
४ असार २०७९ १८:१७
84
Shares

सल्यान । वनमा लागेको डढेलो निभाउने क्रममा सल्यानमा एक पुरुषको मृत्यु भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका ३ डाँडाकटेरीको दुबेरीचौर र हलवारे सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा डाँडाकटेरीका ५७ वर्षीय दलबहादुर बुढाथोकीको मृत्यु भएको हो ।

सल्लाका वनबाट लिसा कम्पनीले खोटो निकालेको त्यही खोटोको बाकस बचाउन गएका बुढाथोकीको आगो निभाउने क्रममा लप्कोले भेटाउँदा शनिबार दिउँसो १२ बजेतिर जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुढाथोकीको सव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउन थालिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.