साइकलबाट लडे राष्ट्रपति बाइडेन
न्युर्याेक। अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान डेलावेयर राज्यमा आफ्नो समुद्र तटको घर नजिकै साइकल चलाउँदै गर्दा लडेका छन्। तर, उनलाई कुनै चोटपटक नलागेको बताइन्छ।
ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा ७९ वर्षीय राष्ट्रपति लडेपछि तत्काल उठेका देख्न सकिन्छ। त्यसपछि उनले भने, ‘म राम्रो छु।’
उनी प्रथम महिला जिल बाइडेनसँग डेलावेयरको रेहोबोथ तटमा रहेको घर नजिकैको स्टेट पार्कमा साइकल चलाइरहेका थिए।
साइकलबाट लडेपछि दर्शकहरूसँग कुरा गर्न रोकिएका थिए। साइकलको क्लिपबाट खुट्टा तान्न खोज्दा आफूले सन्तुलन गुमाएको राष्ट्रपतिले शुभचिन्तक र पत्रकारहरूको सानो भीडलाई बताए।
उनलाई ठूलो चोट नलागेको र औषधिउपचार आवश्यक नभएको ह्वाइटहाउसका एक अधिकारीले बताए। ‘राष्ट्रपति आफ्नो परिवारसँग बाँकी दिन बिताउन तत्पर हुनुहुन्छ’, ती अधिकारीले भने।
No ads found for this position

डिसी नेपाल
Facebook Comment