यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ०४ पैसा र बिक्री दर १३१ रुपैयाँ ६७ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ २० पैसा र बिक्री दर १५३ रुपैयाँ ९४पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्री दर १२९ रुपैयाँ ६८ रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ १२ पैसा र बिक्री दर ८७ रुपैयाँ ५४ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ०५ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ५१ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ २५ पैसा र बिक्री दर ९ रुपैयाँ ३० पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५९ पैसा र बिक्री दर १८ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ३७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ २२ पैसा र बिक्री दर ३४ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६५ पैसा र बिक्री दर ९ रुपैयाँ ७० पैसा कायम भएको छ।







डिसी नेपाल








Facebook Comment