रसुवागढी हाइड्रोपावरले ६८ लाख ४२ हजार १०० कित्ता आइपिओ जारी गर्दै

डिसी नेपाल
५ असार २०७९ ९:०१
152
Shares

काठमाडौँ।  रसुवागढी हाइड्रोपावरले ६८ लाख ४२ हजार १०० कित्ता आइपिओ असार १३ गतेदेखि जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि आइपिओ जारी गर्न लागेको हो।

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ६८ करोड ४२ लाख १० हजार रुपैयाँबराबरको आइपिओ जारी गर्न लागेको हो। कम्पनीले जारी गर्ने आइपिओ मध्ये आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं. २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरु वडा नं. ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुले आवेदन दिन पाउनेछन्।

यस आइपिओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने भएको छ।  यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ७०० कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यस आईपीओमा छिटोमा असार २७ गते र ढिलोमा साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले यस आईपीओमा विक्री प्रबन्धकसँगै सी– आस्वा सदस्य सेवा प्राप्त गरेका सम्पूर्ण बैँक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.