आदर्श लघुवित्तको ६७ हजार कित्ता आइपिओ भने आज अन्तिम मौका

डिसी नेपाल
५ असार २०७९ १०:०६
72
Shares

काठमाडौं। आदर्श लघुवित्त वित्तीय संस्थाको ६७ हजार कित्ता आइपिओ भने आज अन्तिम दिन रहेको छ। लघुवित्तले असार १ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ६७ लाख रुपैयाँ बराबरको आइपिओ बिक्री खुल्ला गरेको हो।

कम्पनीले जारी गरेको आइपिओमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुटाईएको छ भने बाँकी ६२ हजार ६१५ कित्ता सेयर सर्वसाधारणका लागि निस्काशन गर्ने भएको छ।

यस आइपिओमा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केटले गर्नेछ। लगानीकर्ताले यस आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङस नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल बि प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

लगानीकर्ताले यस आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो सेयर एपमार्फत आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ करोड ४० लाख रहेको छ आईपीओ बाँडफाँटपश्चात यो पूँजी रू. २ करोड ७ लाख पुग्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.