आइतबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
५ असार २०७९ १०:४७
240
Shares

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ५ सय रुपैयाँ कायम गरेको छ।

शुक्रबार प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ६५ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १०  रुपैयाँले घटेको हो। शुक्रबार चाँदीको कारोबार प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.