इसेवाको धमाका अफर, बैंक खाता लिंक गर्दा ५५ रुपैयाँ क्यास ब्याक

डिसी नेपाल
५ असार २०७९ ११:२०
200
Shares

काठमाडौं। इसेवाले ५५ मिनेटको धमाका अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत ५ असारमा बैंक खाता लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यास ब्याक पाइने छ।

आइतबार साँझ ५ः०५ देखि साँझ ५ः५५ बजेसम्म बैंक खाता लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यास ब्याक पाइने बताइएको छ।

इसेवाले ग्राहकहरू घरमै बसेर वित्तीय कारोबार गर्न सकून् भन्ने उद्देश्यले यो योजना ल्याएको जनाएको छ। योजनामा सहभागी हुन एकाउन्ट लिंक गरी कारोबार गर्नुपर्ने र एकाउन्ट भेरिफाइड भएको हुनुपर्ने सर्त कम्पनीले तोकेको छ।

इसेवाले हाल एन्ड्रोइडमा ५२ लाख र आइओएस मोबाइलमा करिब १० लाख गरी ६० लाखभन्दा बढी ग्राहकहरूलाई मोबाइल एपमार्फत सेवा प्रदान गरिरहेको छ।

इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन्। यी बैंकहरूबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.