नेपाल र हङकङ खेल्दै, समूह विजेता बन्ने अवसर
काठमाडौं। नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीले एसिसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दैछ। मलेसियामा हुने खेल दिउँसो १२ बजे सुरु हुनेछ। प्रतियोगितामा चौथो खेल खेल्दै गर्दा नेपाल जित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ।
समूह ‘बी’ मा रहेको नेपालले सोमबार तेस्रो खेलमा बहराइनलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको थियो। यसअघि नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा कुवेतलाई हराएको थियो। नेपालको तीन खेलमा ६ अंक छ। हङकङलाई हराएमा नेपाल समूह बी को विजेता बन्ने छ।
प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछ। समूह ए मा युएई, ओमान,कतार र सिंगापुर रहेका छन्। प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment