३० दिनसम्म अदुवा खानुहोस्, हट्नेछ क्यान्सर लगायतका खतरनाक रोगहरु

डिसी नेपाल
९ असार २०७९ १०:२९

काठमाडौं । विश्वको सबैभन्दा बढि उब्जाइने मसलाको रूपमा अदुवा पर्ने गर्दछ । औषधीय गुणले भरिपूर्ण अदुवा १०० भन्दा बढी रोगहरूमा यो चमत्कारी फाइदाहरूको बारेमा अनगिन्ती अध्ययनहरू भइसकेका छन्। अदुवा तपाईको शरीर र दिमागको लागि धेरै फाइदाजनक हुन्छ। आज हामी तपाईलाई अदुवाका केही फाइदाहरु बारे बताउन गइरहेका छौं। जसलाई काँचो, सुक्खा, पाउडर, तेल वा जुसको रुपमा सेवन गर्न सकिन्छ ।

अदुवा खाँदा यी रोगमा मिल्छ आराम:

क्यान्सर विरुद्ध प्रभावकारी– आधुनिक अनुसन्धानका अनुसार अदुवालाई विभिन्न प्रकारका क्यान्सर विरुद्धको प्रभावकारी औषधिको रुपमा लिइएको छ र केही आश्चर्यजनक नतिजाहरु पनि सार्वजनिक भएका छन् । अमेरिकाको ‘मिशिगन युनिभर्सिटी कम्प्रिहेन्सिभ क्यान्सर सेन्टर’ ले गरेको एक अध्ययनले अदुवाले पाठेघरको क्यान्सर कोशिकालाई नष्ट गर्ने मात्र नभई केमोथेरापीमा प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्दछ ।

यस अध्ययनमा, शोधकर्ताहरूले अदुवाको धूलो र पानीको पेस्ट डिम्बाशयको क्यान्सर कोशिकाहरूमा लगाए। प्रत्येक परीक्षणले अदुवाको मिश्रणको सम्पर्कमा आउँदा क्यान्सर कोशिकाहरू नष्ट भएको पत्ता लगाएको थियो। स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर र पेटको क्यान्सरको उपचारमा पनि अदुवा निकै फाइदाजनक रहेको पाइएको छ ।

मधुमेहमा राहत दिन्छ– अस्ट्रेलियाको युनिभर्सिटी अफ सिड्नीमा गरिएको एक अनुसन्धानमा अदुवा मधुमेहका बिरामीका लागि प्रभावकारी रहेको पाइएको छ । अदुवाका तत्वहरूले इन्सुलिनको प्रयोग बिना मांसपेशी कोशिकाहरूमा ग्लुकोज ढुवानी गर्ने प्रक्रिया बढाउने गर्दछ । यसरी यसले उच्च चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ।

हृदयघात रोकथाम– हृदय रोगको उपचारमा अदुवा धेरै वर्षदेखि प्रयोग हुँदै आएको छ। चिनियाँ चिकित्सामा, अदुवाको निको पार्ने गुणले मुटुलाई बलियो बनाउँछ भनिएको छ। अदुवाको तेल अक्सर हृदय रोगको रोकथाम र उपचारमा प्रयोग गरिन्छ ।

मांसपेशी दुखाइ कम– यदि तपाई व्यायामका कारण मांसपेशी दुखेको छ भने यसमा अदुवाको प्रयोगले राहत मिल्छ । कसरतका कारण कुहिनो दुख्ने समस्या भएमा दिनमा २ ग्राम अदुवा खाँदा मांसपेशीको दुखाई कम हुन्छ । अदुवाले तत्काल प्रभाव नदेखाए पनि मांसपेशीको दुखाईमा यसले विस्तारै प्रभाव देखाउन गर्दछ ।

ओस्टियोआर्थराइटिसमा राहत– ओस्टियोआर्थराइटिस एक रोग हो जसले जोर्नीहरूमा दुखाइ र कठोरता निम्त्याउँने गर्दछ । यो आजकाल धेरैमा हुने गर्दछ । यस रोगको उचित उपचार नभए पनि एक अनुसन्धानका अनुसार घुँडाको ओस्टियोआर्थराइटिसको समस्या भएका केही व्यक्तिले अदुवाको रस सेवन गरेपछि आरम मिलेको बताइएको छ । अदुवा, मस्टिक गम, दालचीनी र तिलको तेलको मिश्रणले ओस्टियोआर्थराइटिसको दुखाइ कम गर्न प्रयोग गर्न सकिन्छ।

महिनावारीको दुखाइ राहत– सबै महिलाहरू महिनावारीको दुखाइसँग संघर्ष गर्ने गर्दछन् । कसैलाई कम र कसैलाई बढी। महिनावारीको दुखाइ अदुवाको धूलोले कम गर्न सकिन्छ । महिनावारीको समयमा एक ग्राम अदुवाको धुलो तातो पानीमा राखेर दैनिक सेवन गर्दा दुखाई कम हुने गर्दछ ।

कोलेस्ट्रोलको स्तर कम गर्छ – खराब कोलेस्ट्रोलले हृदय रोगको जोखिम बढाउँछ। हामीले दिनहुँ खाने खानाका कारण कोलेस्ट्रोलको मात्रा बढ्छ । यसबाट समस्यामा परेका व्यक्तिले दैनिक ३ ग्राम अदुवाको धूलो खाँदा आराम मिल्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *