खाद्य संकटसँग जुधिरहेको उत्तर कोरियामा पिठो अब विलासी खाद्यान्न

डिसी नेपाल
१६ असार २०७९ १३:५३
104
Shares

प्योङयाङ। उत्तर कोरियामा पिठोको मूल्य यस्तो चर्को ढंगले बृद्धि भइरहेको छ की केवल धनी मानिसले मात्र यसलाई किन्न सक्ने भएका छन्। विश्वमा खाद्य संकट बढिरहेका बेला उत्तर कोरियामा पिठोको मूल्यमा वृद्धि भएको हो। चामलको तुलनामा पिठोको मूल्य बढेको हो।

कोभिड संक्रमणसँग जुधिरहेका बेला उत्तर कोरियाले धेरै परिवार अज्ञात आन्द्रा रोगको सिकार भएको जनाएको थियो। रोगविरुद्ध लड्न अधिकतम आपत्कालीन महामारी रोकथाम प्रणालीबीच गत महिना कोरोनाभाइरस संक्रमण देखिएको सरकारले जनाएको थियो । कठोर प्रतिबन्धबीच ४५ लाख जनालाई कोभिड भएको ७३ जनाको मृत्यु भएको थियो।

आयातित पीठो महँगो भएकाले उत्तर कोरियालीहरूलाई पिठो किन्न गाह्रो भइरहेको विवरणहरूमा जनाइएको छ। सन् २०२० मा कोभिड महामारीले विश्वभर असर गरेका बेला सस्तो रुसी र चिनियाँ पिठोको आयातमा रोक लगाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *