झापाको बुद्धशान्तिमा हात्ती मृत फेला
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् ।
डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा राखेका छन् ।विज्ञलाई ल्याएर हात्तीको परीक्षण गरिने खत्रीले बताए। हात्ती के कारणले मरेको भन्नेबारे परीक्षणपछि मात्र भन्न सकिने उनले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment