पाँचथरमा मध्यरातमा पहिरो: तीनजना वेपत्ता, खोजीकार्य जारी

डिसी नेपाल
१८ असार २०७९ ८:०५
20
Shares

पाँचथर। शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा पाँचथरका एकै परिवारका ३ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फालेलुङ गाउँपालिका– ७ बिदिनमा स्थानीय ७१ वर्षिय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा तीनजना बेपत्ता भएका हुन।

पहिरोले घर बगाउँदा उनका ४२ वर्षीय छोरा रूपलाल मगर, बुहारी ३८ वर्षिय गोमा मगर र उनको १९ वर्षिय भतिजी एलिसा मगर बेपत्ता भएका छन् भने मगरलाई भने तत्काल प्रहरीले सकुशल उद्धार गरेको छ।

बेपत्ताहरुको खोजी तथा उद्धार हिजो राति देखि नै भएको तर बेपत्ताहरुलाई फेला पार्न नसकिएको प्रहरीले जानकारी दिएको छ। बेपत्ताहरुको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको थप टोली घटनास्थलतर्फ पठाइएको छ। यस अघि ताप्लेजुङ्गमा पहिरोले पुरेर एकै घरका दुई जनाको मृत्यु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *