केन्द्रीय समिति बैठकमा भाग लिन माओवादी नेताहरू प्रज्ञा भवन पुग्दै (फोटो फिचर)

डिसी नेपाल
१९ असार २०७९ ११:५९

काठमाडौं। माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरु कमलादीस्थित प्रज्ञा भवन पुगेका छन् ।

आइतबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकले गत स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी निर्वाचनको रणनीति र पदाधिकारी चयनबारे छलफल गर्नेछ ।

गत पुसमा सम्पन्न महाधिवेशनले १५ सदस्यीय पदाधिकारी गठन गर्ने निर्णय गरे पनि अझै पनि चयन हुन सकेका नसकिरहेको बेला केन्द्रीय समिति बैठक सुरु हुन लागेको हो ।

माओवादीमा कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत महासचिवको आकांक्षी छन् । राष्ट्रिय महाधिवेशन सम्पन्न भएको सात महिना बितिसक्दा पनि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *