तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यबीच भेटवार्ता
काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यबीच भेटवार्ता भएको छ । तत्कालीन नेकपामा ९ सदस्यीय सचिवालय समिति थियो ।
जसका सचिवालय सदस्यहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच भेटवार्ता भएको हो ।
उनीहरुबीच राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेस संगको गठबन्धन आदि विषयमा छलफल भएको प्रचण्डको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।
उनीहरुबीच छलफललाई निरन्तरता दिने समझदारी पनि भएको मल्लले जानकारी दिए ।
तत्कालीन नेकपामा यी पाँच नेताबाहेक केपी शर्मा ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल पनि थिए ।







डिसी नेपाल








Facebook Comment