माओवादी केन्द्रीय समिति बैठक दोस्रो दिनमा, प्रदेश रिर्पोटिङ जारी

डिसी नेपाल
२० असार २०७९ ८:२५
20
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय समिति बैठकमा प्रदेश संयोजकहरुले रिर्पोटिङ गर्दैछन्। पहिलो दिन बाग्मती र उपत्यका बिशेष कमिटीले रिर्पोटिङ गरेको भएपनि बाँकी प्रदेशकोे रिर्पोटिङ भने सोमवाट सुरु हुने भएको हो।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन माथिको टिप्पणी तथा स्थानीय तहको निर्वाचनको समिक्षा, संघीय निर्वाचनको तयारी, संगठनात्मक अवस्थालगायतका बिषयमा प्रदेश अनुसार रिर्पाेटिङ जारी छ।

आइतवारको बैठकमा छलफलका लागि ९ बुँदे प्रस्ताव पेश भएका छन्, सोही आधारमा केन्द्रिय सदस्यहरुले धारणा राख्ने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.