टर्कीमा महंगीको २४ वर्षको रेकर्ड तोडियो

डिसी नेपाल
२० असार २०७९ १६:४९
892
Shares

काठमाडौं । टर्की सरकारको एजेन्सी टर्किस स्ट्याटिस्टिकल इन्स्टिच्युटको तथ्याङ्क अनुसार टर्कीको महंगी जुनमा ७८.६२ प्रतिशत पुगेको छ । यो पछिल्लो २४ वर्षयताकै उच्च महंगी दर हो ।

एजेन्सीका अनुसार मासिक महंगीमा सबैभन्दा कम ०.८ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा बढी घरायसी वस्तुमा १६.५१ प्रतिशतले वृद्धि भएको छ ।

रोयटर्सको सर्वेक्षणअनुसार जुनमा महंगी ७८ प्रतिशतभन्दा बढी हुने अपेक्षा गरिएको थियो। यो वर्षको अन्त्यसम्ममा महंगी ७० प्रतिशतभन्दा अलि कम हुने सम्भावना छ ।

जुनमा महंगी सन् १९९८ यताकै उच्च हो । त्यसपछि महंगी ८०.४ प्रतिशत पुगेको थियो ।

अर्थमन्त्री नुरेद्दीन नेबतीले जेठमा ट्विटरमा महंगीको तथ्याङ्क सार्वजनिक गर्दै अहिले महंगी घट्न थालेको बताएका छन् । मे महिनामा यो दर ७३.५ प्रतिशत थियो ।

ब्लूमबर्ग एचटीका अनुसार, टर्की विश्वको सबैभन्दा बढी महंगी दर भएका २० ठूला देशहरूमध्ये छ। ५१.२७ प्रतिशतको महंगी दरका साथ टर्कीपछि अर्जेन्टिना दोस्रो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *