विभाजनकाे डिलमा जसपा : बाबुरामले बोलाए समानान्तर केन्द्रीय समितिको विस्तारित बैठक

डिसी नेपाल
२१ असार २०७९ ८:००
40
Shares

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरेका छन्। अध्यक्ष उपेन्द्र यादवले बिरगञ्जमा २७-२८ गते केन्द्रीय कार्याकारिणी समितिको बैठक बोलाएकै दिनमा भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन्।

पार्टीका पछिल्लो अवस्थाका बारेमा छलफल गरी निष्कर्षमा पुग्नका लागि केन्द्रीय समितिको विस्तारित बैठक बोलाइएको हो,’ केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठले भने।
उनका अनुसार केन्द्रीय समितिमा रहेका सबै सदस्यलाई सो बैठकमा उपस्थित हुन लागि निमन्त्रणा गरिएको छ।

आन्तरिक कलहमा होमिइरहेको बेला अध्यक्ष यादवले तीनजना मन्त्रीलाई फिर्ता बोलाएर तीन जना मन्त्रीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाए पछि जसपा नेपाल थप बिबादमा भईरहेको बेला अध्यक्ष भट्टराईले केन्द्रिय समितिको विस्तारित बैठक बोलाएका हुन्।

भट्टराई पक्षमा देखिएका केही नेतालाई सरकारमा समेट्दै यादवले मन्त्रिपरिषद् हेरफेरका लागि गरेको अनुरोधलाई देउवाले स्वीकार गर्दै सोमबार तीन नयाँ नेतालाई सरकारमा सहभागी गराएका छन्।

यसअघि सरकारमा सहभागी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठबाहेक अन्यलाई यादवले फिर्ता बोलाएका हुन् । मन्त्री बनाइएका सबै यादवसँग असन्तुष्ट भएर भट्टराई पक्षमा लागेकाहरू हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.