लुगान्स्क क्षेत्रलाई नियन्त्रणमा लिएपछि पुटिनले के भने ?
किभ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई सोइगुलाई युक्रेनमा रुसी हमला आक्रमक बनाउन आदेश दिएका छन्। रुसी सेनाले सम्पूर्ण लुगान्स्क क्षेत्रलाई नियन्त्रण लिइरहेका बेला पुटिनको उक्त आदेश आएको हो।
‘पूर्वी समूह र पश्चिम समूहलगायत सैन्य एकाइहरूले पहिले स्वीकृत योजनाअनुसार आफ्नो कार्य पूरा गर्नुपर्छ’, युक्रेनमा रुसले चाल्नुपर्ने आगामी कदमबारे पुटिनले रक्षामन्त्री सोेइगुलाई भने।
पुटिनले अगाडि थपे, ‘मलाई आशा छ कि सबै कुरा उनीहरूको दिशामा जारी रहनेछ, जुन लुगान्स्कमा भएको छ।’
सोइगुले पुटिनलाई यस साताको अन्त्यमा रुसी सेनाले लुगान्स्क क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिएको बताएका थिए। लुगान्स्क क्षेत्रलाई नियन्त्रण क्रेमलिनको लागि ठूलो विजय भएको जनाइएको छ ।
पुटिनले सोमबार लुगान्स्क अभियानमा भाग लिएका सेनाले आराम र आफ्नो लडाई क्षमता पुनविकसित गर्नुपर्ने सुझाव दिएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment