बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ

डिसी नेपाल
२१ असार २०७९ १३:२५
64
Shares

संखुवासभा। चौंतिस वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका–२ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्की रहेका छन् ।

उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। झारफुक गर्न गएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई धामी कार्कीले कुटपिट गरेको प्रहरीले जनाएको छ।

कुटपिटबाट उनी घाइते भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो। घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.