विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला

डिसी नेपाल
२१ असार २०७९ १३:५१
52
Shares

काठमाडौं। काठमाडौं, धादिङ, दार्चुला र सर्लाहीमा सात जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। काठमाडौंको दक्षिणकाली नगरपालिका–२ ग्वाल्दह बस्ने ५० वर्षीया पार्वती परियार आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी हुन्।

यस्तै बुढानिलकण्ठ नगरपालिका–१० कपन डेरा गरी बस्ने मोरङ घर भएकी ६४ वर्षीया सबिता खड्का गिरी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन्। धादिङको थाक्रे गाउँपालिका–८ फोकटपुरस्थित चौरमा सोही ठाउँ बस्ने ७० वर्षीय पोष्ट बहादुर खड्का सोमबार मृत अवस्थामा फेला परेका छन्।

दार्चुलाको लेकम गाउँपालिका–१ चोतेबगरस्थित चौलानी नदीमा मार्मा गाउँपालिका–२ सिमार बस्ने २६ वर्षीया सबिता चन्द सिंह सोमबार मृत अवस्थामा फेला परेकी छन्। सर्लाहीको मलगंवा नगरपालिका–३ बस्ने ३५ वर्षीय बिजय पासवान आफ्नै घर अगाडि आँगनमा सोमबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी बागमती नगरपालिका–९ सोल्टी जाने बाटोको छेउमा सोही नगरपालिका–८ ठकुरी टोल बस्ने ४० वर्षीय टक बहादुर ठकुरी सोमबार मृत अवस्थामा फेला परेका छन्।

सर्लाहीर्क ईश्वरपुर नगरपालिका–१३ सागरनाथ जंगलमा हाल पहिचान नखुलेका करिब १९ महिनाकी बालिकाको शव पुरिएको अवस्थामा सोमबार फेला परेको छ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.