नवविवाहित दुलहीलाई घर लैजान तालिवान कमाण्डरले प्रयोग गरे सैन्य हेलिकोप्टर

डिसी नेपाल
२१ असार २०७९ १५:०२
3.1k
Shares

काबुल। एक तालिबान कमाण्डरले आफ्नी नवविवाहित दुलहीलाई घर लैजान सैन्य हेलिकप्टर प्रयोग गरेको विवरण सार्वजनिक भएको छ। उनले आफ्नी दुलहीलाई लोगरबाट खोस्ट प्रान्तमा लैजान हेलिकप्टर प्रयोग गरेका थिए।

दुलहीलाई घर लैजान प्रयोग गर्ने तालिबान नेता तालिवानको हक्कानी शाखाको कमाण्डर भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।सामाजिक सञ्जालमा भाइरल भिडियोमा ती कमण्डर दुलहीको घर नजिकै अवतरण गरेका थिए। सञ्चार माध्यममा दाबी गरिए अनुसार छोरी दिए बापत उनले ससुरालाई १ लाख २० हजार अफगानी दाइजो दिएका थिए। एएनआईका अनुसार उनी खोस्टमा बस्छन् र उनकी श्रीमतीको घर लोगरको बर्की बराक जिल्लामा हो।

उक्त घटना शनिबार लोगार प्रान्तको बर्की बराक जिल्लाको शाह मजार क्षेत्रमा भएको जनाइएको छ। यद्यपि, कमाण्डरको बचाउ गर्दै तालिबानका उपप्रवक्ता कारी युसुफ अहमदीले हेलिकोप्टर चढेको आरोपमा सत्यता नभएकाे बताए। सामाजिक सञ्जालमा भाइरल भिडियोलाई लिएर मानिसहरूले विरोध जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *